Aadarsh-Daily

गृहमन्त्री लेखकद्वारा पर्सा–बारा सुरक्षा समितिसँग छलफल

ad-4p

गृहमन्त्री रमेश लेखकले पर्सा र बारा जिल्लाको शान्ति–सुरक्षा तथा समग्र अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग आइतबार विस्तृत छलफल गरेका छन्।

content ad p2

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले धार्मिक गतिविधि, सीमा अपराध, लागुऔषध कारोबार र राजश्व चुहावटजस्ता विषयमा चासो व्यक्त गर्दै जानकारी लिएका थिए। बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार तथा राजश्व निकायका प्रमुखहरूले सुरक्षा ब्रिफिङ गरेका थिए।

content left

बैठकमा गृहमन्त्री लेखकले सबै सुरक्षा निकायलाई शून्य सहनशीलता अपनाएर काम गर्न निर्देशन दिएका एसपी गौतम मिश्रले जानकारी दिए। उनले विशेषगरी सीमा अपराध, चोरी–तस्करी र राजश्व चुहावट रोक्न कडाइका साथ काम गर्न आदेश दिएका हुन्।

त्यस्तै, भारतीय नम्बर प्लेटका सवारीसाधनलाई चेकजाँचको नाममा अनावश्यक दुःख नदिन पनि गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिएका छन्। साथै, पर्सा र बारामा धार्मिक सहिष्णुता कायम राख्दै गम्भीरताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र राजश्व विभागका प्रमुखहरूको सहभागिता थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily