Aadarsh-Daily

गर्मीका कारण एशिया कप २०२५ का अधिकांश खेलको समय पर सारियो

ad-4p

संयुक्त अरब इमिरेट्स (यूएई) मा बढ्दो गर्मीका कारण एशिया कप क्रिकेट २०२५ का अधिकांश खेलहरूको सुरुआत समय पर सारिएको छ।

content ad p2

इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) का अनुसार १९ मध्ये १८ खेल अब निर्धारित समयभन्दा आधा घण्टा ढिलो, स्थानीय समय अनुसार बेलुकी ६:३० बजे शुरू हुनेछन्।

content left

आगामी सेप्टेम्बर ९ देखि २८ सम्म दुबई र अबुधाबीमा आयोजना हुने यस पटकको एशिया कप टी–२० ढाँचामा हुनेछ।

तर, सेप्टेम्बर १५ मा हुने यूएई र ओमानबीचको खेल भने दिउँसो ४ बजे अबुधाबीस्थित जायद क्रिकेट रंगशालामा शुरू हुनेछ। त्यो प्रतियोगिताको एकमात्र दिउँसोको खेल हुनेछ।

यस पटकको एशिया कपमा ८ देश सहभागी छन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, ओमान र आयोजक यूएई छन् भने समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, हङकङ र श्रीलङ्का परेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily