Aadarsh-Daily

बाराका नयाँ सीडीओ पौडेलको प्रतिबद्धता : सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्राथमिकतामा

ad-4p

हालै मात्र सरुवा भई बारामा कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

content ad p2

बारामा पत्रकारहरूसँग आयोजित परिचयात्मक कार्यक्रममा उनले जिल्लाबासीको विश्वास जित्दै प्रशासनलाई जिम्मेवार र उत्तरदायी बनाउन सबै सरोकारवाला पक्षसँग हातेमालो गर्दै अघि बढ्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरे।

content left

सीडीओ पौडेलले जिल्लामा देखिएको मुख्य चुनौती राष्ट्रिय परिचयपत्र (एनआईसी) सेवामा आएको अवरोध रहेको उल्लेख गरे। “माथिल्लो निकायको सर्भर डाउन हुँदा सेवाग्राहीले दैनिक समस्या भोगिरहेका छन्, तर हाम्रो टिम समाधानमुखी ढंगले अघि बढिरहेको छ,” उनले बताए।

कर्मचारी अभाव भए पनि सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य क्षेत्रमा दर्ता सम्बन्धी अधिकार स्थानीय तह र प्रदेश सरकारसँग रहेको प्रष्ट पारे। “क्षेत्राधिकारभन्दा बाहिर जाने काम गर्दिनँ, बरु कमजोरी सच्याएर मात्र अघि बढ्ने नीति लिन्छु,” पौडेलले भनाइ जोड गरे।

उनले सुशासनको आधार पारदर्शिता, जवाफदेहिता र जनताप्रतिको उत्तरदायित्व भएको भन्दै त्यसका लागि सबै तहबीच सहकार्य अपरिहार्य हुने धारणा राखे।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित प्रशासनका अन्य अधिकारीहरूको उपस्थिति थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily