Aadarsh-Daily

भूमि अध्यादेशको विरोधमा वीरगञ्जमा जसपा नेपालको प्रदर्शन

ad-4p

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संघीय सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा आज बीरगन्जमा प्रदर्शन गरेको छ।

content ad p2

पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय अगाडिबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको हो।

content left

विरोध प्रदर्शनमा सहभागीहरूले “भूमि अधिकारमाथि हस्तक्षेप बन्द गर”, “जनताको अधिकार खोस्न पाइँदैन”, “संविधानविपरीतको अध्यादेश खारेज गर” जस्ता नाराबाजी गरेका थिए।

आइकोण सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य शशिकपुर मियाँले अध्यादेशमार्फत लाभ उठाउन खोजिएको आरोप लगाउनुभयो। जिल्ला अध्यक्ष यादवले अध्यादेशलाई जनविरोधी भन्दै गरिब, सीमान्तकृत र भूमिहीन वर्गमाथि प्रहार भएको टिप्पणी गर्नुभयो। उहाँले अध्यादेश फिर्ता नभए आन्दोलनलाई देशभर विस्तार गर्ने चेतावनी दिनुभयो।

कार्यक्रममा पूर्वमन्त्री करीमा बेगम, केन्द्रीय सदस्य फिरोज मन्सुर, वडा अध्यक्षहरू अजय चौरसिया, आतुषोष चतुरवेदी, रितोष गुप्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily