Aadarsh-Daily

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द, फेसबुक र युट्युब चल्न छाडे

ad-4p

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता तथा सूचीकरण नगरेका सामाजिक सञ्जालहरू हिजो (बुधबार) देखि बन्द गर्ने निर्णय गरेसँगै बिहीबार बिहानदेखि फेसबुक र युट्युब जस्ता लोकप्रिय प्लेटफर्म चल्न छाडेका छन्।

content ad p2

मन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रालयमा बसेको बैठकले सो निर्णय गरेको हो। यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो। तर तोकिएको समयसीमा भित्र फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतका विश्वव्यापी रूपमा प्रयोग हुने सामाजिक सञ्जालहरूले निवेदन नदिएपछि मन्त्रालयले बन्द गर्ने कदम चालेको हो।

content left

नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक संघका अनुसार बिहीबार बिहानदेखि गुगल सेवाबाट फेसबुक र युट्युबमा पहुँच अवरुद्ध भएको छ। प्रयोगकर्ताहरूले यी दुवै सामाजिक सञ्जाल खोल्न नसकेको गुनासो गरेका छन्।

हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म मात्र सूचीकरणमा भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। बाँकी सामाजिक सञ्जालहरू बन्द हुनेछन्।

सरकारले २०८० सालमै सामाजिक सञ्जाल दर्ता तथा नियमन सम्बन्धी निर्देशिका जारी गरी तीन महिनाभित्र दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो। तर पटक–पटक समय थप्दा पनि ठूला कम्पनीहरूले दर्ता नगरेकाले अन्ततः मन्त्रालयले बन्द गर्ने निर्णय लिएको हो।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily