
जेन–जी आन्दोलनपछिको विषम परिस्थिति नियन्त्रणमा आएपछि वीरगञ्जमा जारी कर्फ्यु आदेश खुकुलो पारिएको छ। पर्सा जिल्ला प्रशासन कार्यालयले शनिबारको सुरक्षा समितिको बैठकपछि अब कर्फ्यु राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र लागु हुने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, बिहान ५ बजेदेखि राति ९ बजेसम्म कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने यथावत रहनेछ।
पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले राति संवेदनशीलता कायम रहने भएकाले पुनः कर्फ्यु आदेश लागू गरिने बताए। घण्टाघर, माइस्थान चोक र आदर्शनगरलगायतका क्षेत्रमा सुरक्षा कडा पारिएको छ र सुरक्षाकर्मीहरूलाई निरन्तर गस्तीमा खटाइएको छ।

