Aadarsh-Daily

मन्त्री पदबाट राजीनामा घोषणा गरेका प्रमोद जैसवालले फेसबुक पोस्ट डिलिट गरे

ad-4p

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले गत भदौ २३ गतेको जेन–जी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर अहिले उनले सो फेसबुक पोस्ट डिलिट गरेका छन् ।

content ad p2

उक्त पोस्टमार्फत उनले लेखेका थिए,नागरिक नै नरहे मन्त्री पदमा रहनुको औचित्य छैन । म राजीनामाको घोषणा गर्दछु।”

content left

तर अहिले पोस्ट मेटिएकोले उनले राजीनामा फिर्ता लिएको संकेत मिलेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार उनले सो दिन जेन–जी को दबाब वा भावनात्मक आवेगका कारण तत्कालीन अवस्थामा राजीनामा घोषणा गरेका हुनसक्छन् । तर अहिले पोस्ट डिलिट गर्नु उनको लागि नैतिक घेराबन्दी साबित भएको छ । यसलाई “हतारको निर्णय, फुर्सदको पछुतो” भन्ने जस्तै भएको टिप्पणी गरिएको छ ।

जैसवालले २०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हासिल गरेका थिए । पछि उनले जसपा नेपाल हुँदै नेकपा एमालेमा प्रवेश गरे एमाले प्रवेश गरेको केही समयमै मन्त्री बनेका उनी छोटो समयमा नै मन्त्री पदमा पुगेकाले त्यतिबेला पनि धेरैलाई आश्चर्यचकित बनाएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily