Aadarsh-Daily

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका खनालले सुविधा नलिने घोषणा

ad-4p

पूर्वअर्थसचिव रामेश्वर खनालले आगामी दिनमा अर्थमन्त्री बने पनि कुनै तलब, गाडी, मन्त्री क्वार्टर वा अन्य सेवा–सुविधा नलिने घोषणा गरेका छन्।

content ad p2

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई अर्थमन्त्री बनाउने टुंगो लागेको छ, औपचारिक नियुक्ति भने बाँकी छ। मन्त्री बन्ने पक्का भएपछि उनले आफूले कुनै सुविधा नलिने स्पष्ट पारेको मन्त्रिपरिषद् निकट स्रोतले जनाएको छ।

content left

खनालले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) समेत नलिने बताएका छन्। प्रधानमन्त्रीको टिमले अहिलेको परिस्थितिमा कम्तीमा पिएसओ राख्न आग्रह गरे पनि उनले अस्वीकार गरेको स्रोतको दाबी छ।

यसअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको आर्थिक सल्लाहकारका रूपमा काम गर्दा पनि उनले कुनै सुविधा नलिएका थिए।

खनाल करिब एक दशकअघि तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग करछली सम्बन्धी विषयमा मतभेद भएपछि अर्थसचिव पदबाट राजीनामा दिएका थिए। पछिल्लो समय उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा उनले अर्थतन्त्रका कमजोरी, समस्या उत्पन्न हुने कारण, तत्कालका आवश्यकता र दीर्घकालीन समाधानका ठोस सुझाव दिएका थिए।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily