Aadarsh-Daily

कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आज

ad-4p

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आज (आइतबार) बिहान साढे ११ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले सपथ ग्रहण कार्यक्रम तय भएको जनाएको छ।

content ad p2

अहिलेसम्म तीन जना मन्त्रीको नाम टुंगो लागिसकेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले गृह तथा कानुन मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालय सम्हाल्ने भएका छन्।

content left

अर्याल अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका अधिवक्ता हुन्। उनी जनहितका मुद्दा उठाउँदै कानुनी लडाइँ लड्दै आएका छन्।

खनालले यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

घिसिङ भने आफ्नो नेतृत्वमा नेपाललाई लोडसेडिङमुक्त बनाउन सफल भएपछि लोकप्रिय बनेका थिए। उनलाई केही महिनाअघि ओली सरकारले विद्युत प्राधिकरणबाट हटाएको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily