Aadarsh-Daily

राष्ट्रिय शोक मनाउने गृह प्रशासनको निर्णय :राष्ट्रिय झण्डा आधा झुकाइने

 

ad-4p

जेन–जी आन्दोलनमा शहीद भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गृहमन्त्रीस्तरबाट भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहालीलगत्तै यस्तो निर्णय गरेका हुन् ।

content ad p2
content left

उनका अनुसार, कुन दिन राष्ट्रिय शोक मनाउने भन्नेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ ।

यसैगरी, आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई सरकारले किरिया खर्चका लागि प्रतिव्यक्ति एक–एक लाख रुपैयाँ दिने निर्णय भएको छ । शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन र विकट क्षेत्रमा हेलिकप्टरमार्फत पुर्‍याउने व्यवस्था गर्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily