Aadarsh-Daily

वीरगन्ज गोदाममा डीएपी मल भित्रिन थाल्यो, मधेशका किसानलाई केही राहत

ad-4p

जेनजी आन्दोलनका कारण रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएका कृषि सामग्री कम्पनीका डीएपी मल वीरगन्जस्थित गोदाममा भित्रिन थालेका छन्।

content ad p2

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार ग्लोबल टेन्डरमार्फत आदित्य बिरला कम्पनी र भारतको आईपीएल कम्पनीले ल्याएको डीएपी मल अहिले गोदाममा भित्र्याउन सुरु भएको हो।

content left

हाल कार्यालयसँग मौज्दात रहेको ७ हजार टन युरिया मल प्रदेश कृषि मन्त्रालयले कोटा तोकेपछि मधेशका ८ जिल्लाका सहकारीहरूले लिन थालेका छन्। तर त्यसपछि कार्यालयसँग युरिया मल सकिने पाण्डेले जानकारी दिनुभयो।

कम्पनीले ग्लोबल टेन्डरमार्फत आयात गर्न लागेको ३० हजार टन युरिया तेस्रो मुलुकबाट कोलकाता बन्दरगाहमा अनलोडिङ प्रक्रियामा रहेको र असोज ९–१० गतेसम्म नेपाल आइपुग्ने सम्भावना रहेको बताइएको छ। तर सो समयमा दसैं बिदा पर्ने भएकाले किसानले तत्काल मल नपाउने अवस्था हुने देखिएको छ।

मधेशका जिल्लामा अहिले युरिया मलको चरम अभाव छ। कम्पनी र साल्ट ट्रेडिङमार्फत पनि किसानले मल पाउन सकेका छैनन्। भारतबाट मल किनेर ल्याउने विकल्प पनि भारत सरकारले कडाइ गरेपछि बन्द छ। यस्तो परिस्थितिमा कतिपय किसानले विकल्पको रूपमा डीएपी मल प्रयोग गर्न थालेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily