
एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरण आजदेखि शुरू हुँदैछ। सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन्।

सुपर–४ को पहिलो खेल आज श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ। खेल युएईको दुबईमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरू हुनेछ। सुपर–४ चरणमा सबै टोलीले एक–अर्कासँग खेल्नेछन्।
यसअघि समूह ‘ए’ को अन्तिम खेलमा गएराति भारतले ओमानलाई २१ रनले पराजित गर्दै शीर्ष स्थानमा उत्रिएको थियो। सुपर–४ मा सबैको ध्यान विशेषगरी भोलि हुने भारत–पाकिस्तान खेलमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

