Aadarsh-Daily

मधेस सरकारबाट कांग्रेस बाहिरियो, समर्थन फिर्ता

ad-4p

मधेस प्रदेश सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान जनकपुरमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल प्रभावबाट फिर्ता लिने निर्णय गरेको हो ।

content ad p2
content left

कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार सांसदहरूको सुझावअनुसार सरकारमा नबस्ने निष्कर्ष निकालिएको र सोअनुसार समर्थन फिर्ता लिइएको हो । उनका अनुसार मन्त्रीहरूलाई पनि आजै फिर्ता बोलाउने तयारी भइरहेको छ ।

सिंह नेतृत्वको सरकारबाट कांग्रेस करिब १६ महिनापछि बाहिरिएको हो । यसअघि भदौ २८ गते जनमत पार्टीले पनि समर्थन फिर्ता लिएको थियो ।

चार दलीय गठबन्धनमा बनेको सरकारलाई हालसम्म कांग्रेस र जनमत दुबै दलले समर्थन फिर्ता लिएकाले अब एमाले र लोसपा मात्रै सहभागी रहेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily