Aadarsh-Daily

बस्नेतको दाबी : “संविधान जलाउने प्रयास, एमाले सफल हुन दिँदैन”

ad-4p

काठमाडौं — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको आरोप लगाउँदै आफ्नो पार्टीले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्।

content ad p2
content left

शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले भने, “सावधान, एमाले यो धर्तीमा छ। हामी लोकतन्त्र मार्न दिँदैनौं, संविधान जलाउन दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त पार्न दिँदैनौं।”

बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै “युवालाई अन्तर्राष्ट्रिय एजेन्डाअनुरूप अपराधिक र आतंकवादी बनाउन खोजिएको” आरोप लगाए। “हामी जेनजी पुस्तालाई विदेशी फन्टमा सञ्चालित समूहबाट नियन्त्रणमा पार्ने बालेनहरूको खेल सफल हुन दिँदैनौं,” उनले भने।

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मात्र सिंहदरबार, संसद् र सर्वोच्च अदालतमा आगजनी भएको भन्दै मुलुकलाई ‘एम्बुस’मा पार्ने षड्यन्त्र गरिएको दाबी गरे। उनका अनुसार राजीनामापछि २१ जनाको मृत्यु, कैदी भगाउने, प्रहरी हतियार लुट्ने र गोलीकाण्डजस्ता घटनाहरू भएको बताइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily