Aadarsh-Daily

असोज १७–२० सम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न प्राधिकरणको आग्रह

ad-4p

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० सम्म देशका धेरै भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको भन्दै जनतालाई विशेष सतर्कता अपनाउन र अनावश्यक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ।

content ad p2

मौसम विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा असोज १७ देखि २० सम्म भारी वर्षा हुने अनुमान गरेको छ। यसले गर्दा नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूको बहाव खतराको तहसम्म जान सक्ने चेतावनी विभागले जारी गरेको हो।

content left

विशेष गरी काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहट जिल्लाहरूमा साना नदीहरू आकस्मिक बाढीको जोखिममा रहेको बताए।

प्राधिकरणले अनुरोध गरेको छ कि दसैँको उत्सवमा समेत सुरक्षा प्राथमिकता राख्न, राति वा टाढाको यात्रा नगर्न र जोखिम क्षेत्रमा रहनेहरूले उपयुक्त तयारी गर्न। जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई मार्ग अवरुद्ध हुनसक्ने सडकहरूमा आवश्यक निर्णय लिन र परिचालनका लागि उपकरण तयार राख्न निर्देशन दिइएको छ।

अर्कोतर्फ, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूले उच्च स्थान चयन गर्ने, सुरक्षित मार्गको जानकारी राख्ने, र वातावरणीय सूचना मध्ये वेब, सामाजिक सञ्जाल र टोल–फ्री ९११५५०मार्फत प्राप्त अपडेट ध्यान पु¥याउन सामाजिक अपिल गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily