Aadarsh-Daily

विदेशी जेलमा १ हजार १७१ नेपाली, ७ जनालाई आजीवन कारावास

ad-4p

परराष्ट्र मन्त्रालयले विश्वभरका विदेशी जेलमा १ हजार १७१ नेपाली रहेको जनाएको छ। तीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ।

content ad p2
content left

संघीय संसद् सचिवालयले हालै सार्वजनिक गरेको विवरणअनुसार, सांसद सोबिता गौतमको लिखित प्रश्नको जवाफमा परराष्ट्र मन्त्रालयले यो तथ्यांक दिएको हो। तर कुन देशमा कति नेपाली कैदमा छन् र उनीहरू कुन–कुन मुद्दामा जेल परेका छन् भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशस्थित नियोगमार्फत जेलमा रहेका नेपालीलाई कानुनी सहयोग र कन्सुलर सेवा उपलब्ध गराउँदै आएको छ। तर अहिलेसम्म कति नेपालीले त्यस्तो सहयोग पाएका छन् भन्ने विशिष्ट विवरण भने सार्वजनिक गरिएको छैन।

यसबीच, संसद सचिवालयले पछिल्लो अधिवेशनमा भएका कार्यकारबाही र मन्त्रालयहरूले दिएका लिखित जवाफहरू पनि सार्वजनिक गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily