Aadarsh-Daily

कोशी, मधेश र बागमतीमा मुसल्धारे वर्षा, केही घण्टा अझै धेरै वर्षाको सम्भावना

ad-4p
content left

अहिले कोशी, मधेश र बागमती प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुलेटिन निकालेर कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको जानकारी गराएको हो । वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ ।

विभागले अब केही घण्टा विशेषगरी कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिएको भन्दै सावधानी अपनाउन भनेको छ । वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।

पछिल्लो ६ घण्टामा पर्साको विरगञ्जमा ६४ मिलिमिटर वर्षा मापन भएको छ । गोदावरीको ललितपुरमा ४१ मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ । महाशाखाले आज र भोलि मुसल्धारेदेखि आरिघोप्टे वर्षाको चेतावनी दिएको छ । भरे राति अझ धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मुसल्धारेदेखि आरिघोप्टे वर्षाको सम्भावना रहेको हो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily