Aadarsh-Daily

धनुषामा करेन्ट लागेर ५५ वर्षीय पुरुषको मृत्यु

ad-4p

धनुषाको विदेह नगरपालिका–२ दुहबीमा गएराति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ।

content ad p2

जिल्ला प्रहरीका अनुसार, करिब १०ः३० बजे पण्डित सुत्न जाने क्रममा घरको फलामे गेट बन्द गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।

content left

प्रारम्भिक अनुसन्धानअनुसार, घरको बिजुली तार कटेर गेटमा करेन्ट प्रवाह भएको कारणले दुर्घटना भएको आशङ्का गरिएको छ। पण्डित जन्मजात अपाङ्ग थिए र बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउँदै आएका मेहनती व्यक्ति थिए।

उनको परिवारमा एक छोरा र एक छोरी छन्। छोरा विदेशमा बस्छन् भने छोरी विवाह भई ससुरालीमा बस्छिन्। श्रीमती भने श्रीमानको निधनको खबर सुनेपछि अचेत अवस्थामा रहेको परिवारले जानकारी दिएको छ।

मृतकको शवको पोष्टमार्टम जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको छ। परीक्षणपछि शव परिवारलाई जिम्मा लगाइने जनाइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily