Aadarsh-Daily

गाजामा हमासद्वारा लडाकु परिचालन, आन्तरिक तनाव बढ्ने संकेत

ad-4p

गाजामा आन्तरिक हिंसाको बिकाश भइरहेका बेला हमासले आफ्ना सुरक्षा पक्षका सदस्यहरू (लडाकु परिचालनकर्ता) तैनाथ गरेको छ। बीबीसीका अनुसार, इजरायलले खारेज गरेको क्षेत्रहरूमा हमासले सात हजारको संख्यामा आफ्ना सदस्य तैनाथ गरेको छ।

content ad p2
content left

यसैबीच, प्यालेस्टिनी समूहले पाँच नयाँ गभर्नर नियुक्त गरेको छ, जसमा सबै सैन्य पृष्ठभूमिका छन्। परिचालन आदेशहरू फोन र म्यासेजमार्फत् दिइएको बताइएको छ।

गाजा शहरको सब्रा क्षेत्रमा भएको एक घटनामा, हमासको विशेष फौजका दुई सदस्यलाई बन्दुकधारी समूहद्वारा गोली हानी हत्या गरिएको थियो। त्यसपछि हमासले त्यो इलाकालाई घेराबन्दी गरेको छ। गाजामा युद्धपछिको शासन र सुरक्षा व्यवस्थाका बारेमा बढ्दो अनिश्चितताका कारण यहि प्रकारको परिचालनको अनुमान पहिलेदेखिनै गरिँदै आएको थियो।

सम्बन्धित खबर

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily