Aadarsh-Daily

नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी

ad-4p

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।

content ad p2

नेविसंघले गत भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलन का क्रममा भएका अप्रिय घटनामा उनीहरू संलग्न भएको दाबी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो।

उजुरीमा विद्यार्थीहरूलाई आन्दोलनमा उक्साएको, आगजनी र तोडफोडमार्फत राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाइएको छ। नेविसंघले दुवै व्यक्तिमाथि छानबिनको माग गरेको छ।

content left

उजुरी दिनेहरूमा नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन्। उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन्।

उजुरीकर्तामध्येका एक, अशोकसिंह विष्टले भने, “हामीले प्रहरीलाई २४ घण्टाभित्र जवाफ चाहिएको बताएका छौं। प्रहरीले सरकारी वकिलसँग सल्लाह गरेर जानकारी दिने आश्वासन दिएको छ,” भनेर अनलाइनखबरसँग बताएका छन्।

यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि जाहेरी दिएका थिए। त्यसपछि एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो।

तर एक कांग्रेस नेताका अनुसार, बालेन र सुदनविरुद्धको यो उजुरी पार्टीको आधिकारिक निर्णय नभई केही नेताको व्यक्तिगत पहलमा गरिएको हो। ती नेताले भने, “उजुरी दर्ता गर्नेहरू आरजु राणा देउवा र जितजंग बस्नेत नजिकका पात्र हुन्।”

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily