Aadarsh-Daily

रौतहटमा तत्कालीन निमित्त प्रमुखसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ad-4p

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

content ad p2
content left

आयोगले निमित्त प्रमुख कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभरटाइजिङ एजेन्सीका अध्यक्ष अजित कुमार कर्णविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध २ लाख ५७ हजार ९७० रुपैयाँ बिगो माग गरिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, माधवनारायण नगरपालिका–३ स्थित देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणमा अनियमितता भएको पुष्टि भएको छ। भवन निर्माण कार्यका लागि बोलपत्र आह्वान र स्वीकृत गर्ने सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने भए पनि उनीहरूले सो प्रक्रिया पालना नगरी आपसी मिलोमतोबाट गैरकानुनी लाभ लिएको अख्तियारको ठहर छ।

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम कारावास र जरिवाना गर्ने माग गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily