Aadarsh-Daily

मधेश प्रदेशकी शिक्षा मन्त्री रानीकुमारी तिवारीद्वारा पदबाट राजीनामा

ad-4p

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्।

content ad p2

तिवारीले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन्।

content left

उनी नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित गठबन्धन सरकारमा लोसपा नेपालका तर्फबाट सहभागी थिइन्।

मुख्यमन्त्री सिंहले बुधबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन्।

यद्यपि, मन्त्री तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन्। नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले सरकारप्रति समर्थन फिर्ता लिए पनि लोसपाले अझै समर्थन फिर्ता लिएको छैन।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily