Aadarsh-Daily

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेट : आइपीयू महासभा र आसन्न निर्वाचनबारे छलफल

ad-4p

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

content ad p2
content left

भेटमा अन्तर–व्यवस्थापिका संघ (Inter-Parliamentary Union, IPU) को १५१औं महासभामा नेपालको सहभागिता र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा विस्तृत छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

विश्वभरका १८१ देशका संसद सदस्य रहेको आइपीयूको १५१औं महासभा यही अक्टोबर १९ देखि २३ तारिखसम्म स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न हुँदैछ।
नेपालको संघीय संसदको तर्फबाट सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा एक प्रतिनिधि मण्डल त्यसमा सहभागी हुँदैछ।

यसअघि अध्यक्ष दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि आइपीयू महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन र अन्य समसामयिक विषयमा आइतबार भेटेर छलफल गरेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily