Aadarsh-Daily

आज लक्ष्मीपूजा : ऐश्वर्य, धनधान्य र सम्पन्नताको देवी लक्ष्मीको आराधना हुँदै

ad-4p

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धनकी देवी लक्ष्मीको आराधना गर्दै लक्ष्मीपूजा मनाइँदैछ। ऐश्वर्य, समृद्धि र धनधान्यकी देवी लक्ष्मीलाई आज बेलुका विशेष पूजाआजा गरी घरमा आमन्त्रण गर्ने परम्परा रहिआएको छ।

content ad p2

आज बिहानैदेखि घर–आँगन, कोठा, ढोका, झ्याल र कौसीसम्म सरसफाइ गरी दीपावली गरिएको छ। गाईको गोबर र रातो माटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाएर देवीलाई घरमा पसेर बस्ने आमन्त्रण गरिन्छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार लक्ष्मीपूजा सन्ध्याकालमा गर्नु शुभ मानिन्छ। पूजा कोठामा गणेश, कलश, पैसा, धान, चामल, फलफूल, फूलमाला र सेलरोटी अर्पण गरी विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।

content left

पूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन छ। आजको रातलाई ‘सुखरात्री’ पनि भनिन्छ, जसमा घर, पसल र कार्यालयहरू दीपावलीको झिलिमिलीमा रौनकिलो बन्छन्।

आज बेलुका युवतीहरूको समूहले घर–घरमा भैलो खेल्ने परम्परा पनि रहँदै आएको छ। भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूलमाला र सेलरोटी अर्पण गरिन्छ, जसलाई ‘कात्तिकको दान’ मानिन्छ।

कतिपय स्थानमा आज बिहान गाईपूजा गर्ने चलन पनि छ, यद्यपि शास्त्रीय दृष्टिले गाईपूजा औँसीपछिको प्रतिपदादेखि गर्ने उल्लेख छ।

आर्थिक समृद्धि र पारिवारिक सुख–शान्तिका लागि देवी लक्ष्मीको आराधनामा समर्पित आजको रात दीपावलीको झिलिमिली र भक्तिभावसहित मनाइँदैछ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily