Aadarsh-Daily

लक्ष्मीपूजाको रातैमा सर्लाही डुब्यो आगोको लप्कामा, तीन ठाउँमा करोडौंको क्षति

ad-4p

दीपावलीको रौनकका बीच सर्लाहीका छुट्टाछुट्टै तीन स्थानमा आगलागी भएका छन्। लक्ष्मीपूजाको रात परेका ती घटनामा करिब रु. २ करोड ५० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

content ad p2

पहिलो घटना लालबन्दी नगरपालिका–५ मेजरगन्जमा राति साढे ११ बजे भएको हो। कैलाश साहको किराना गोदाममा आगलागी हुँदा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
जस्ताले छाएको इँटाको एकतले गोदाममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको टोली खटिएको थियो।

content left

नेपाली सेनाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको थियो।
प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करीब दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको लालबन्दी प्रहरीले जनाएको छ।
मैनबत्तीबाट आगो सल्किएको आशंका गरिएको छ, तर आधिकारिक पुष्टि भएको छैन।

त्यस्तै, कविलासी नगरपालिका–१, पिपरियामा बब्लु मण्डलको घरमा दीपावलीको दियोबाट आगलागी हुँदा घर र सरसामान जलेर करीब रु. ४ लाख ३० हजार बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ।

तेस्रो घटना चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत सर्ट भएर भएको हो। आगोले कपडा, पंखा र केही नगद जलेर करीब रु. ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

तीनै ठाउँमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको समयमै सक्रियताका कारण ठूलो जनधन क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily