Aadarsh-Daily

सरकार, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय संवाद, जेन–जीका १३ प्रतिनिधि सहभागी

ad-4p

आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण निर्माण गर्न सुरु भएको त्रिपक्षीय संवादमा जेन–जी पुस्ताका १३ जना प्रतिनिधि सहभागी भएका छन्।

content ad p2

प्रधानमन्त्रीको सचिवालयका अनुसार वार्तामा सहभागी हुने जेन–जी प्रतिनिधिहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन्।

content left

सरकारले आज पहिलोपटक राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूसँग बालुवाटारमा संयुक्त वार्ता आयोजना गरेको हो। बैठकको उद्देश्य आगामी निर्वाचनको पूर्वसन्ध्यामा संवाद र सहमतिको वातावरण निर्माण गर्ने रहेको बताइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले त्रिपक्षीय बैठकलाई सरकार, राजनीतिक दल र जेन–जी पुस्ताबीचको संयुक्त संवादको प्रारम्भिक पहलका रूपमा व्याख्या गरेका छन्।

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच मात्र छलफल भएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily