Aadarsh-Daily

चितवनमा बस दुर्घटना : ३३ जना घाइते

ad-4p

शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–९, टिकौली जंगल नजिक दुर्घटना भएको हो।

content ad p2
content left

प्रहरीका अनुसार गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस इँटा लोड गरेर पार्किङ गरी राखिएको ना.६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बसका ३३ जना यात्रु विभिन्न रूपमा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटना अत्यधिक गतिका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर ट्रक र बस दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily