Aadarsh-Daily

गण्डक नहरस्थित तिलाबे खोलाको बेली ब्रिज निर्माण फेरि अनिश्चित

ad-4p

पर्साको गण्डक नहरस्थित तिलाबे खोलामा बेली ब्रिज निर्माण कार्य फेरि स्थगित भएको छ।

content ad p2

संघीय सरकारले विनियोजन गरेको बजेट जेन–जी आन्दोलनपछि कटौती गरेपछि यस वर्ष पनि पुल बन्न नसक्ने भएको हो। चालु आर्थिक वर्षका लागि सरकारले तीन करोड रुपैयाँ विनियोजन गरेको थियो र नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले टेण्डर आह्वानसमेत गरिसकेको थियो। तर आन्दोलनपछि ठेक्का प्रक्रिया रोकिएको छ।

वीरगञ्जलाई जिल्लाको उत्तरी पश्चिमी भेगसँग जोड्ने सो पुल दुई वर्षअघि आएको बाढीले क्षतिग्रस्त भएको थियो। त्यसपछि वैकल्पिक बेली ब्रिज निर्माण गर्ने योजना पटक–पटक बने पनि बजेट अभावका कारण अलपत्र परिरहेको छ।

content left

सामाजिक अभियन्ता प्रकाश थारुले तीन वर्षसम्म वैकल्पिक पुल निर्माण नगरी जनताको समस्या बढाएको भन्दै असन्तोष व्यक्त गर्नुभयो। उहाँका अनुसार— “जिल्लाकै व्यस्त सडकखण्डमा पर्ने पुल पुनःनिर्माण नगर्नु जनताको भावनासँग खेलवाड हो।”

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले गत वर्ष पनि बजेट नआएको कारणले काम अघि नबढेको र यस वर्ष विनियोजित रकम नै रोक्का भएपछि योजना फेरि अधुरो बनेको जानकारी दिनुभयो।

तिलाबे खोलाको आरसीसी पुल असारमा आएको बाढीले क्षतिग्रस्त भएको थियो। हाल पैदल यात्री र मोटरसाइकल चालकहरूले जोखिमपूर्ण रूपमा सो पुल प्रयोग गरिरहेका छन्, जसले दुर्घटनाको सम्भावना बढाएको छ।

सन् १९७५–७६ मा भारतले निर्माण गरेको गण्डक नहर र त्यससँग जोडिएका संरचनाहरू अहिले जिर्ण बन्दै गएका छन्। रौतहटदेखि पर्सासम्मको एप्रोच सडक कालोपत्र भए पनि जीर्ण पुलहरूको मर्मतसम्भार नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily