Aadarsh-Daily

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु र ३२० घाइते

ad-4p

अफगानिस्तानमा शक्तिशाली भूकम्पले ठूलो जनधन क्षति गरेको छ।
स्थानीय समय अनुसार गएराति मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।

content ad p2

बीबीसीका अनुसार कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्।
भूकम्प २८ किलोमिटर गहिराइमा गएको बताइएको छ।

content left

मजार–ए–शरिफका बस्तीहरूमा घरहरू भत्किएका छन्।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि देशले पटक–पटक ठूला भूकम्पको सामना गर्नुपरेको हो।

यसै वर्ष अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढी मानिसको ज्यान गएको थियो।

भूगर्भविद्हरूका अनुसार हिन्दु कुश पर्वतशृंखला आसपास युरेशियन र भारतीय प्लेटहरू ठोक्किने भएकाले अफगानिस्तानमा बारम्बार भूकम्प आउने गर्छ।
सन् १९०० यता त्यहाँ ७ म्याग्निच्युडभन्दा माथिका १२ ठूला भूकम्प गइसकेका छन्।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily