
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सहयोग माग गरेको छ।

राजदूत डा. शङ्कर शर्माले नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र भारतबाट पनि अनलाइन पेमेन्ट र यूपीआईमार्फत योगदान गर्न सकिने व्यवस्था भएको जानकारी दिनुभयो।
उहाँले सोझै व्यक्तिबाट सहयोग नगरी सरकारी बैंक खातामा रकम पठाउन आह्वान गर्नुभयो। साथै, भारतस्थित नेपाली संघ–संस्था र दाताहरूले योगदान रकम कर कटौतीको हिसाबमा समावेश गर्न सक्ने व्यवस्था रहेको र दूतावासले त्यसमा सहयोग गर्ने जनाएको छ।

