Aadarsh-Daily

गाजा नरसंहारको आरोपमा टर्कीद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जनामाथि वारेन्ट जारी

ad-4p

इस्तानबुल — टर्कीले गाजा क्षेत्रमा भएको नरसंहारका आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य उच्च अधिकारीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ।

content ad p2

अमेरिकी समाचार संस्था सीएनएन का अनुसार, इस्तानबुलको प्रमुख सरकारी वकिलको कार्यालयले नेतन्याहूसहित ३७ जनामाथि वारेन्ट जारी गरेको हो। पक्राउ सूचीमा इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सैन्य प्रमुख इयाल जामिर पनि परेका छन्।

content left

टर्कीका अभियोजकहरूले ती सबैमाथि मानवताविरुद्धको अपराध र नरसंहारका आरोप लगाएका छन्। उक्त वारेन्ट गाजामा निरन्तर जारी इजरायली आक्रमणका क्रममा हजारौँ सर्वसाधारणको मृत्युका घटनालाई आधार बनाएर जारी गरिएको बताइएको छ।

इजरायलले भने टर्कीको निर्णयको कडा निन्दा गर्दै यसलाई “राजनीतिक उद्देश्यप्रेरित र अस्वीकार्य” प्रतिक्रिया दिएको छ।

यसबीच, हमासले टर्कीको कदमको स्वागत गर्दै यो “न्यायको पक्षमा ऐतिहासिक पहल” भएको प्रतिक्रिया दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily