Aadarsh-Daily

चन्द्रनिगाहपुरमा ट्रामाडोलसहित दुई जना पक्राउ

ad-4p

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले आइतबार साँझ ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

content ad p2
content left

प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गका अनुसार, रौतहट चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा खटिएको ट्राफिक चेकपइन्टमा चेकजाचको क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटरबाट १३० पिस ट्रामाडोलसहित हेमबहादुर वाइवाका २७ वर्षीय छोरा बुद्धसिंह वाइवा र सर्लाही हरिवन नगरपालिका–३ का २४ वर्षीय शरिन योञ्जनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जना स्कुटरको हेन्डलमा रेनकोटको झोलामा ट्रामाडोल लुकाइ ल्याउँदै गरेको अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालयले दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily