Aadarsh-Daily

होटलमा मुख्यमन्त्रीलाई शपथ गराएपछि प्रदेश प्रमुख भण्डारी बर्खास्त

ad-4p

सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । पदीय गरिमा विपरीत होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त र शपथ गराएपछि विवादमा पर्नुभएकी उहाँ बर्खास्त हुनुभएको हो ।

content ad p2
content left

हिजो बिहानै भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई होटलमा शपथ गराएपछि हिजो दिनभर जनकपुरधाम तनावग्रस्त भयो । तत्कालिन मुख्यमन्त्री जितेन्द्र सोनलले शनिवार विश्वासको मत लिनेक्रममा मत विभाजन प्रकृया शुरु हुनुअगावै पदबाट राजीनामा दिनुभएको थियो ।

मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गर्दै लाई प्रदेश प्रमुखको रूपमा सिफारिस गरेको छ । प्रदेश प्रमुखमा सिफारिस कर्णले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँ २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्य बन्नुभएको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily