Aadarsh-Daily

मुख्यमन्त्री यादवको नियुक्ति संवैधानिक, सर्वोच्च आदेश आए कांग्रेस नेतृत्व स्वीकार गर्ने तयारी

ad-4p

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो नियुक्ति र शपथ संवैधानिक भएको दावी गरेका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वासको मत पाउन नसकेपछि निवर्तमान मुख्यमन्त्री **जितेन्द्र प्रसाद सोनार (सोनल)**ले राजीनामा दिएको र ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफूलाई मुख्यमन्त्री नियुक्त गरी शपथ गराउनु संवैधानिक भएको बताए।

content ad p2
content left

यादवले भने, “सर्वोच्च अदालतबाट अप्रत्याशित आदेश आए नेपाली कांग्रेस नेतृत्वको सरकार स्वीकार गर्न तयार छु। पहिले पनि कांग्रेसको नेतृत्वमा सरकार गठनको पक्षमा थिएँ, अब अरु दलको नेतृत्व स्वीकार गर्न सक्दिनँ।” उनले आफ्नो नियुक्ति सम्बन्धमा पार्टी र कांग्रेससँग छलफल गर्न काठमाडौं जाने योजना रहेको पनि जानकारी दिए।

मुख्यमन्त्रीले प्रदेशसभामा रहेका १० वटै दल र कानुनका जानकारसँग परामर्श गरेर प्रदेश प्रमुखले आफूलाई नियुक्त गरेको बताए। उनले भने, “म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जलेको कारण कार्यभार सम्हाल्न सकिरहेको छैन। तोडफोड, राष्ट्रिय सम्पतिमा क्षति, झण्डाको अपमान र कर्मचारीमाथि हातपात लज्जास्पद विषय हो।”

मुख्यमन्त्रीको नियुक्ति र शपथप्रति असन्तुष्ट प्रदेशका सांसद र दलहरूले मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गरेका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily