Aadarsh-Daily

चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

ad-4p

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ र मितिमा चोरी भएका ५१ वटा वटा मोटरसाइकल र स्कुटर फेला पारी आज काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

content ad p2
content left

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र कार्यालयका निमित्त प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले संयुक्त रूपमा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाण्डौ उपत्यकाका गोङ्गबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालीगाउँ, गठ्ठाघर, लुभु, लगायतका ठाउँबाट ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटर फेला पारेको हो ।

ट्राफिक प्रहरीले गएको साउनयता ९१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । यस अवधिमा चोरीका ९ वटा मोटरसाइकल र स्कुटरसहित चोरीमा संलग्न १९ जनालाई पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily