Aadarsh-Daily

आज विवाह पञ्चमी महोत्सव भव्यताको साथ मनाईदै

ad-4p

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको धार्मिक स्मरणमा आज देशभर विवाह पञ्चमी पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा राम–सीताको दिव्य विवाह संस्कार विधिपूर्वक सम्पन्न हुँदैछ।

content ad p2

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार मिथिलाका राजा जनकद्वारा आयोजित स्वयंवरमा अयोध्याका राजकुमार रामले शिवधनुष भाँचेर जनकनन्दिनी सीताको वरण गरेका थिए। शिवधनुष तीन टुक्रा पारिएपछि मङ्सिर शुक्ल पञ्चमीकै दिन सीता–रामको विवाह सम्पन्न भएको धार्मिक विश्वास रहिँदै आएको छ।

content left

रामायणका कथनअनुसार जनकपुरधामको रङ्गभूमिमा सम्पन्न स्वयंवरमा ५६ कोटी देवताको अदृश्य उपस्थितिको विश्वास आज पनि जीवित छ। सीतालाई ‘छोरी–बहिनी’का रूपमा मान्ने मिथिलावासीहरूले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै प्रतिछाया जन्तीको आगमनदेखि विवाह विधिसम्म सहभागी हुने परम्परा निरन्तर छ।

महोत्सवका क्रममा मिथिलाको प्रचलित संस्कृति— मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार— आज सम्पन्न हुँदैछ। पौराणिक मान्यताअनुसार राम मन्दिरबाट भगवान् रामको प्रतिमालाई झाँकी, बाजागाजा र विशेष डोला सिंहासनमा राखी रङ्गभूमितिर लैजाइँदैछ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी स्वयंवरस्थल तर्फ लगिन्छ।

रङ्गभूमिमा स्वयंवर तथा वैवाहिक विधि सम्पन्न भएपछि दुवै देवप्रतिमालाई पुनः जानकी मन्दिरमा ल्याई मिथिला विधिअनुसार वैवाहिक संस्कार गरिन्छ। यस अवसरमा निस्कने डोला शोभायात्रामा प्रदेशभरिका श्रद्धालुसहित भारतको सीमावर्ती क्षेत्रबाट आएका भक्तहरूको ठूलो सहभागिता रहने जनकपुरधाम क्षेत्र विकास समितिले जनाएको छ।

विवाह पञ्चमीले मिथिला क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पौराणिक परम्परालाई आज पनि जीवन्त राख्दै आएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily