Aadarsh-Daily

मधेशमा नयाँ सरकार गठनका लागि दाबी आह्वान

ad-4p

मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाको औपचारिक सुरुवात भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाउन सक्ने सदस्यलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको हो।
दाबी पेश गर्ने समयसीमा शुक्रबार बेलुका ५ बजेसम्म तोकिएको छ।

content ad p2
content left

आज प्रदेशसभाबाटै राजीनामा घोषणा गर्दै यादवले विश्वासको मत लिन नसकिने भएपछि पद छाडेका हुन्। १०७ सदस्यीय सदनमा बहुमतका लागि ५४ मत आवश्यक पर्नेमा उनीसँग सभामुखसहित २५ सांसद मात्रै रहेका थिए, तीमध्ये एक निलम्बित छन्।

यसअघि संविधानको धारा १६८(३) अनुसार विवादित रूपमा मुख्यमन्त्री नियुक्त भएपछि सात दल सर्वोच्च पुगेका थिए। यही विवादले प्रदेश प्रमुख सुुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल दुवै पद गुमाइसकेका छन्।

अब सात दलका ७४ सांसद मिलेर नयाँ सत्ता गठबन्धन बनाउने सम्भावना बढेको देखिन्छ। मधेश प्रदेशसभामा १० दलको उपस्थिति रहेको र दुई ठूला दल मात्र मिलेर बहुमत नजुट्ने परिस्थितिले गठबन्धन निर्माणलाई निर्णायक बनाएको छ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily