
थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमाक्षेत्रमा हवाई आक्रमण शुरू गरेको दाबी गरेको छ। आज बिहान सीमामा भएका झडपमा दुई थाइल्यान्डी सैनिकको मृत्यु भएको र चार जना घाइते भएको थाइल्यान्ड पक्षले जनाएको छ।

कम्बोडियाले भने आक्रमण थाइल्यान्डले नै शुरू गरेको भन्दै प्रतिवाद गरेको छ। दुवै देशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गत जुलाईमा भएको सम्झौता उल्लंघन गरेको आरोप एक–अर्कामाथि लगाउँदै आएका छन्।
गत जुलाईमा पाँच दिनसम्म चलेको सीमा युद्धमा कम्तीमा ४८ जनाको मृत्यु भएको थियो भने झन्डै ३ लाख मानिस विस्थापित भएका थिए। सिमा विवाद फेरि चर्किँदै गएपछि क्षेत्रीय सुरक्षा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चासो पैदा भएको छ।

