
बाराको नितनपुर चोकमा बुधबार राति करिब ९ बजे अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ। यस क्रममा जितपुर–सिमरा उपमहानगरपालिका–बकुलिया निवासी २५ वर्षीय विनय चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार राकेश पासवान घाइते भएका छन्। स्थानीयबासीको सहयोगमा दुवैलाई अस्पताल पुर्या इएको थियो । चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका छन् भने पासवानको उपचार जारी छ ।
प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

