Aadarsh-Daily

मधेशमा कांग्रेस नेतृत्वको सरकार: सङ्घीयता जोगाउने र समृद्धि ल्याउने प्रतिबद्धता

ad-4p

मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादवले मधेशमा कांग्रेस नेतृत्वको सरकार सङ्घीयता जोगाउने र प्रदेशलाई समृद्ध बनाउने दिशामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

content ad p2

मुख्यमन्त्री यादवले देशमा संवैधानिक सङ्कट र सङ्घीयता कमजोर बनाउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै मधेशलाई सबल बनाएर मात्र सङ्घीयतालाई संस्थागत गर्न सकिने धारणा राखे । उनले मधेशका जनताका लागि सङ्घीयता विकल्प नभई अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै अब भाषणभन्दा कामबाट परिणाम देखाउने समय आएको बताए ।

content left

सङ्घीयताको विरोध केन्द्रित शासन अभ्यासमा अभ्यस्त शक्तिहरूबाट भइरहेको बुझाइ प्रस्तुत गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारहरूको पनि कमजोरी रहेको स्वीकारे । कांग्रेसले पहिलोपटक आठ वर्षपछि प्रदेश नेतृत्व पाएकाले अपेक्षा र जिम्मेवारी दुवै बढेको उहाँले स्पष्ट पारे ।

सातदलीय गठबन्धनको समर्थनमा बनेको सरकार स्थिर रहनेमा उहाँ विश्वस्त रहेको बताउँदै मुख्यमन्त्री यादवले सुशासन, कृषि र शिक्षालाई प्राथमिकता दिने योजना सार्वजनिक गरे । प्रदेशको करिब ९० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित भएकोले कृषिमा लगानी बढाएर आम्दानी वृद्धि गर्ने र ‘फिड द नेसन’ कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुदृढीकरण, आवश्यक जनशक्ति र स्रोतसाधन विस्तार तथा दातृ निकायको सहयोगमा मधेशलाई ‘एजुकेसन हब’ बनाउने योजना पनि रहेको उनले बताए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily