Aadarsh-Daily

बालेनलाई लक्षित टिप्पणीप्रति तेली समाजको आपत्ति, अजय चौरसियाको अभिव्यक्तिको विरोध

ad-4p

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै दिएको टिप्पणीप्रति तेली समाजले आपत्ति जनाएको छ। चौरसियाको उक्त अभिव्यक्तिलाई आपत्तिजनक, गैरजिम्मेवार तथा सामाजिक सद्भाव बिगार्ने खालको भन्दै तेली समाजका अगुवा तथा सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

content ad p2

तेली समाजका प्रतिनिधिहरूका अनुसार सार्वजनिक पदका उम्मेदवारले मर्यादित, संयमित र जिम्मेवार भाषा प्रयोग गर्नुपर्नेमा चौरसियाको टिप्पणीले सम्पूर्ण समुदायको भावना आहत भएको छ। “कुनै पनि व्यक्तिको आलोचना राजनीतिक विषयवस्तुमा सीमित हुनुपर्छ,” तेली समाजका एक अगुवाले भने, “व्यक्तिगत चरित्र वा समुदायलाई असर गर्ने किसिमका टिप्पणी स्वीकार्य हुँदैनन्।”

content left

उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक प्रतिक्रिया देखिएको छ। विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत तेली समाजका युवाहरूले चौरसियाको अभिव्यक्तिको आलोचना गर्दै चुनावमा मतमार्फत जवाफ दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गर्दै प्रदीप शाह नामक एक युवाले पर्सा क्षेत्र नम्बर २ का तेली समाजसहित विभिन्न क्षेत्रमा रहेका तेली समाजका मतदाताहरूलाई यस्ता अभिव्यक्ति दिने नेताविरुद्ध मतदानमार्फत प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।

त्यसैगरी, तेली समाजका अर्का युवा मनोज साहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने नेताहरूलाई बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सार्वजनिक पदको आकाङ्क्षा राख्ने व्यक्तिले समाजमा विभाजन होइन, एकता र सम्मानको सन्देश दिनुपर्ने उनको भनाइ छ।

तेली समाजले चौरसियाको अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै यस विषयलाई गम्भीर रूपमा लिन आग्रह गरेको छ। साथै, आगामी दिनमा यस्ता टिप्पणी नदोहोर्‍याउन तथा सार्वजनिक रूपमा स्पष्टीकरण र आत्मालोचना गर्न पनि समाजले माग गरेको छ।

यस विषयमा नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाको तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको समयमा सार्वजनिक रूपमा दिइने अभिव्यक्तिले उम्मेदवारको व्यक्तिगत छवि मात्र होइन, पार्टीको समग्र धारणा र मतदाताको विश्वासमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै पक्ष सचेत र जिम्मेवार हुन आवश्यक देखिन्छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily