Aadarsh-Daily

रास्वपा उम्मेदवार कानुले भने : युवाले परिवर्तन खोजेकै कारण चुनाव हुदैंछ

ad-4p

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नंबर २५ ड्राईपोर्ट सिर्सिया र भंसार सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय उद्घाटन गरिएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खोलिएको उक्त कार्यालयको उद्घाटन रास्वपा उम्मेदवार सुशील साह कानुले गरेका हुन्।

content ad p2

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका उम्मेदवार कानुले देशमा अहिलेको निर्वाचन सम्भव हुनुको मुख्य कारण नै युवामा बढ्दो परिवर्तनको चाहना भएको बताए। “युवाले परिवर्तन चाहेकै कारण आज देश यो निर्वाचन प्रक्रियामा पुगेको हो,” उनले भने, “अहिले पनि पुराना पार्टीहरूले जरा गाडेर बसेका छन्, तर परिवर्तन चाहने युवाको दबाबकै कारण चुनाव हुँदैछ।”

content left

उम्मेदवार कानुले आँफू आर्थिक रूपमा बलियो नभए पनि युवाको साथ, विश्वास र सक्रियताकै बलमा उम्मेदवारी जित्ने दाबी गरे। “मेरो उम्मेदवारी पैसाले जित्ने होइन,” उनले भने, “युवाको बल, भरोसा र सहभागिताले जित्ने उम्मेदवारी हो।”
कार्यक्रममा बोल्दै कानुले पर्सा–२ अन्तर्गतका स्थानीय समस्याहरूलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गरे। उनले वर्षौंदेखि यस क्षेत्रका विभिन्न स्थानमा पुल नहुँदा र सूचना तथा सञ्चारको पहुँच कमजोर हुँदा स्थानीयले नेटवर्क समस्यासमेत भोग्दै आएको बताए। यस्ता आधारभूत समस्या समाधान नगरी विकासको कुरा गर्नु निरर्थक हुने उनको भनाइ थियो।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। “शिक्षा र स्वास्थ्य बलियो नभएसम्म समाज समृद्ध हुँदैन,” कानुले भने, “स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नु मेरो मुख्य लक्ष्य हो।”

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी युवाहरूले पुरानै शैलीको राजनीति र पटक–पटक दोहोरिने आश्वासनबाट दिक्क भइसकेको प्रतिक्रिया दिएका थिए। उनीहरूले नयाँ सोच, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिको आवश्यकता रहेको भन्दै रास्वपाप्रति समर्थन जनाए।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily