Aadarsh-Daily

पर्सा–२ मा विपक्षी दबाबमा, रिमा यादवको सभाले देखायो जनलहर

ad-4p

वीरगञ्ज, २४ माघ — नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादवले पर्साको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा होमिएको बताएकी छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौँमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।

content ad p2

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले पर्सा–२ का जनताले वर्षौंदेखि आश्वासन मात्रै पाउँदै आएको उल्लेख गर्दै अब परिणाम देखिने, व्यवहारिक र जनमुखी राजनीति गर्ने प्रतिबद्धता जनाइन्। अघिल्ला निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा कार्यान्वयन हुन नसक्दा जनता निराश बनेको भन्दै अब विश्वास जित्ने समय आएको उनको भनाइ थियो।

यादवले महिला सशक्तिकरणलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा रहेको स्पष्ट पारिन्। विशेषगरी मधेशी महिलाहरू शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट पछाडि परेको उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बनाउने ठोस नीति अवलम्बन गर्ने बताइन्। “मधेशी महिलाको नेतृत्व विकास, सीपमूलक तालिम र आर्थिक सशक्तिकरण बिना समाजको समग्र विकास सम्भव छैन,” उनले भनिन्।

content left

उनले शिक्षा क्षेत्रको सुधारलाई पनि प्राथमिकतामा राख्ने बताउँदै गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार सुधार तथा छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिइन्। साथै पर्सा–२ क्षेत्रमा सडक, खानेपानी, नाला, विद्युत् लगायतका भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, एमाले पर्सा–२ का क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, युवा नेता मुकेश दिवेदी, वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, वडा अध्यक्ष सन्जु छतकुली लगायतले धारणा राखेका थिए।

कार्यक्रममा युवा नेता अजय साह, पिन्टु उपाध्याय, प्रधुमन यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily