Aadarsh-Daily

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका सांसदलाई चैत ५ मा प्रमाणपत्र वितरण गर्ने

ad-4p
content left

वीरगञ्ज । निर्वाचन आयोग ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित उम्मेदवारलाई यही चैत ५ गते बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ।

आयोगका अनुसार सो दिन बिहान ११:३० बजे आयोग परिसरमा आयोजित कार्यक्रममार्फत निर्वाचित उम्मेदवारहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरिनेछ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले उक्त जानकारी दिएका हुन्।

आयोगले राजनीतिक दलहरूले बन्दसूचीमार्फत सिफारिस गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ। साथै, प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइजको फोटोसहित आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट हासिल गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। आयोगले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने जनाएको छ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily