Aadarsh-Daily

वीरगंज महानगरको कदम: लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रे दुबै प्रयोग

ad-4p

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि आजदेखि एयर स्प्रे (फगिङ) मार्फत विषादी छर्न सुरु गरेको छ।

content ad p2

महानगरपालिकाले यसअघि पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्ने काम गर्दै आएको थियो। अब भने पम्प स्प्रेसँगै फगिङलाई पनि सँगै सञ्चालनमा ल्याइएको हो।

content left

महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे र साँझको समयमा एयर स्प्रे (फगिङ) मार्फत विषादी छर्ने कार्यलाई तीव्रता दिइएको छ। उनका अनुसार लार्भा अवस्थाको लामखुट्टेलाई बिहान तथा दिउँसो नियन्त्रण गर्ने र वयस्क लामखुट्टेलाई साँझ फगिङ गरेर मार्ने योजना बनाइएको छ।

गर्मी सुरु भएसँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेको छ। त्यसलाई ध्यानमा राख्दै महानगरपालिकाले पम्प र फगिङ दुवै माध्यमबाट विषादी छर्ने अभियान सञ्चालन गरेको हो। महानगरले ३२ वटै वडामा विषादी छर्ने तालिका समेत तयार गरेको जनाएको छ।

वीरगंजमा चिसो मौसम सकिएर गर्मी सुरु हुने समय तथा वर्षायामको प्रारम्भमा लामखुट्टेको प्रकोप बढी देखिने गरेको छ। यसलाई नियन्त्रण गर्न महानगरपालिकाले वर्षमा दुई पटक विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु र मलेरिया जस्ता रोगबाट नागरिकलाई जोगाउन विषादी छर्ने कार्यलाई निरन्तरता दिइएको बताए। उनले नागरिकलाई घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन तथा अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily