Aadarsh-Daily

वीरगञ्ज मेन रोड विवाद फेरि सर्वोच्चमा, सुनुवाइ जेठ २४ मा

ad-4p

वीरगञ्ज । वीरगञ्ज को मुख्य सडक (मेन रोड) बाट त्रिभुवन राजपथ स्थानान्तरण (सिफ्ट) सम्बन्धी विवाद पुनः कानुनी बहसमा प्रवेश गरेको छ ।

content ad p2

सडकसम्बन्धी नयाँ मुद्दामा सर्वोच्च अदालत मा तोकिएको चैत २ गतेको पेसी स्थगित भई अब जेठ २४ गतेका लागि सुनुवाइ तय गरिएको छ ।

मुख्य सडक आसपासका घर तथा जग्गाधनीहरूले २०८२ असार ३१ गते रिट दर्ता गरेका थिए । यसअघि माघ ४ गते न्यायाधीशद्वय कुमार रेग्मीनित्यानन्द पाण्डेय को संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको थियो ।

यसअघि दायर संयुक्त रिट सर्वोच्चले खारेज गरिसकेको थियो । तर आदेशको पूर्णपाठ सार्वजनिक भएपछि सडक विस्तारको विषय पुनः चर्चामा आएसँगै नयाँ विवाद सतहमा आएको हो ।

content left

वीरगञ्ज बचाउ युवा सङ्घर्ष समिति का अनुसार २०७२ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार राजपथको एलाइनमेन्ट परिवर्तन गरी परवानीपुर हुँदै ड्राइपोर्टसम्म सिफ्ट गरिएको थियो । सो निर्णयपछि राजपथ मेन रोडबाट हटेर परवानीपुर–ड्राइपोर्ट हुँदै बहुअरी–हुलाकी राजमार्गसँग जोडिएको दाबी गरिएको छ ।

समितिले पुरानो “एच०२” मार्गलाई परिवर्तन गरी नयाँ “एनएच४१” कायम गरिएको र वीरगञ्जलाई औद्योगिक तथा व्यावसायिक केन्द्रका रूपमा विकास गर्न यस्तो निर्णय गरिएको जनाएको छ । यस आधारमा स्थानीयलाई विस्थापित गर्ने कानुनी आधार नरहेको दाबी उनीहरूको छ ।

यता, सर्वोच्चले अघिल्लो रिट खारेज गरेपछि मेन रोड दायाँ–बायाँ २५/२५ मिटर विस्तार गर्दै संरचना हटाउनुपर्ने माग उठिरहेको छ । तर स्थानीयले नयाँ मुद्दाको अन्तिम फैसला नआएसम्म कुनै पनि भत्काउने वा विस्तार कार्य रोक्नुपर्ने अडान राखेका छन् ।

अर्कोतर्फ, भित्री सडक तथा अन्य क्षेत्रका बासिन्दाले दीर्घकालीन सहरी विकास र यातायात व्यवस्थापनका लागि मेन रोड विस्तार अनिवार्य रहेको बताएका छन् ।

अब सर्वोच्च अदालतको आगामी निर्णयले वीरगञ्जको सहरी विकास, यातायात व्यवस्थापन र स्थानीयको भविष्यमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily