Aadarsh-Daily

जेनजी आन्दोलन प्रकरणमा पूर्व सीडीओ छवि रिजाल पक्राउ

ad-4p
content left

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। उनलाई सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिइएको एसएसपी सन्तोष खड्काले जानकारी दिए।

भदौ २३–२४ को जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिसका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सुझाव दिएको थियो।

उक्त कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily