Aadarsh-Daily

घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक अधिकारी पक्राउ

ad-4p

जनकपुरधाम – धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्।

content ad p2
content left

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई शुक्रबार बिहान लालगढबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरू रोकी अनावश्यक अवरोध सिर्जना गर्दै घुस माग्ने गरेको उजुरीका आधारमा निगरानी गरिएको थियो।

सोही क्रममा अधिकारीलाई रकम लिँदै गर्दा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily