Aadarsh-Daily

सामाजिक सद्भाव बिगार्ने पोस्ट नगर्न पर्सा प्रहरीको कडा अपिल

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा ले सामाजिक सञ्जालमा उत्तेजक तथा सामाजिक सद्भाव विथोल्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

content ad p2

प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै कुनै पनि धर्म, समुदाय वा व्यक्तिलाई लक्षित गरी अफवाह फैलाउने, भ्रामक वा विवादास्पद अभिव्यक्ति लेख्ने, शेयर गर्ने वा पोस्ट नगर्न अनुरोध गरेको हो।

content left

प्रहरीका अनुसार यस्ता गतिविधिले समाजमा अशान्ति र द्वन्द्व सिर्जना गर्न सक्ने भएकाले सबैले जिम्मेवार र सचेत भएर सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

साथै, यस्तो कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानूनअनुसार कडा कारवाही गरिने चेतावनीसमेत दिइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily