Aadarsh-Daily

वीरगञ्जमा अवैध बजारमाथि कडाइ, महानगरको निर्देशन– तत्काल बन्द नगरे कारबाही

ad-4p
content left

वीरगञ्जवीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानमा अनाधिकृत रूपमा सञ्चालन भइरहेका बजार तथा पसलहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।

नयाँ बसपार्क नजिकको खाली जग्गा, पावर हाउस क्षेत्र, मुर्ली चोक, बुखार चोक, इदगाह चोक तथा गीता मन्दिर आसपासमा तरकारी, फलफूल लगायतका पसल अवैध रूपमा सञ्चालन भइरहेको पाइएपछि महानगरले यस्तो निर्देशन जारी गरेको हो।

मंगलबार जारी सूचनामा महानगरपालिकाले ती बजारहरू तत्काल नहटाए प्रचलित कानूनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरका अनुसार नगर क्षेत्रमा बजार व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक पूर्वाधारसहित विभिन्न स्थानमा बजार सञ्चालनमा ल्याइसकिएको छ। माइस्थान नजिक मिना बजार कम्प्लेक्स तथा छपकैयाँ (रेल्वे रोड) क्षेत्रमा तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा छन्।

यसअघि घण्टाघर नजिक वि.पी. उद्यान क्षेत्रमा जथाभावी लाग्दै आएको बजारलाई छपकैयाँस्थित तोकिएको स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो। तर केही व्यवसायीहरूले तोकिएको स्थानमा नगई विभिन्न स्थानमा पुनः अनधिकृत रूपमा बजार सञ्चालन गर्दै आएका छन्।

महानगरपालिकाले पटक–पटक सूचना जारी गर्दा पनि अटेर भइरहेको जनाउँदै मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयबाट २०८२ चैत २२ गते जारी परिपत्रअनुसार बजार तोकिएको स्थानमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।

महानगरले सम्पूर्ण व्यवसायीहरूलाई तोकिएको स्थानबाहेक अन्यत्र बजार सञ्चालन नगर्न तथा हाल सञ्चालन भइरहेका अव्यवस्थित बजारहरू तत्काल बन्द गरी निर्धारित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ। अन्यथा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

content ad p2

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily